Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

घट्दो क्रममा सुनको भाउ, आइतवार प्रतितोला ७७ हजार रुपैयाँ

घट्दो क्रममा सुनको भाउ, आइतवार प्रतितोला ७७ हजार रुपैयाँ

काठमाडौं, २ चैत । विगत केही हप्ता निरन्तरजसो बढ्दो क्रममा रहेको सुनको मूल्य पछिल्ला दिनमा घट्न थालेको छ । सोही अनुसार नेपाली बजारमा आइतवार यो पहेँलो धातुको मूल्य प्रतितोला ७७ हजार रुपैयाँमा आइपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य गत शुक्रवारको तुलनामा १५०० कम हो। गत साताको आइतवार ८२ हजार ५०० प्रतितोला पुगेको सुनको भाउ शुक्रवार ७८ हजार ५०० थियो। यस्तै गत बिहीवार ८१ हजार ५०० रहेकोमा शुक्रवार एकै दिन ३ हजार रुपैयाँ घट्न पुगेको थियो । निरन्तर मूल्य बढ्दा सुनको कारोबार भने घटेको थियो । अमेरिकी डलरमा आकर्षण बढ्दा सुनको भाउ खस्किएको सुनचाँदी नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले बताए ।

आइतवार चाँदीको मूल्यमा पनि कमी आएको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला ७९० रूपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा शेयर र पेट्रोलियम पदार्थको मूल्यमा ह्रास आएको छ। अन्तर्राष्ट्रिय बजारमा आइतवार बिहान सुन प्रतिऔंस १५२९ दशमलव २९ डलरमा कारोबार भएको छ। गत बुधवार प्रतिऔंस १६४१ दशमलव ४० पुगेको सुन बिहीवार १५८९ दशमलव ३० डलरमा आइपुगेको थियो । यस्तै शुक्रवार बिहान भाउ थप घटेर प्रतिऔंस १५८० दशमलव शून्य ८ डलरमा आएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको विनिमयदर आइतवार ११८ रूपैयाँ ५८ पैसा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x