Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कलंकी–कोटेश्वर सडकखण्डमा नयाँ लेन नियम लागू

कलंकी–कोटेश्वर सडकखण्डमा नयाँ लेन नियम लागू

काठमाडौं, २ चैत । कलंकी–कोटेश्वर सडकखण्डमा आज (आइतवार)देखि नयाँ लेन नियम लागू भएको छ । ८ लेनको उक्त सडकखण्डमा दायाँ–बायाँ लेन प्रयोग सुरु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक एवं प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए ।

नयाँ लेन नियमअनुसार सार्वजनिक सवारीसाधन, टिप्पर तथा ट्रक छेउको लेनबाट र साना गाडी, मोटरसाइकल तथा स्कुटर बीचको सडक लेनबाट चलाउनुपर्ने उनको भनाइ छ ।

आइतवारदेखि १० दिनसम्म सबैलाई नयाँ नियमबारे जानकारी दिने, सम्झाउने, सचेतनात्मक कार्यक्रम गर्ने र त्यसपश्चात् पनि लेन पालना नगर्ने र लापरबाहीपूर्वक सवारी चलाउनेलाई कानून अनुसारको कारबाही गरिने प्रवक्ता श्रेष्ठले जानाकारी दिए ।

ट्राफिक प्रहरीले यसअघि जडीबुटीबाट सूर्यविनायकसम्मको सडकमा दायाँ–बायाँ लेन नियम लागू गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x