Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ज्याक माले स्वास्थ्य सामग्री उपलब्ध गराउने

ज्याक माले स्वास्थ्य सामग्री उपलब्ध गराउने

काठमाडौं, ९  चैत । प्रख्यात ईकमर्स प्लेटफर्म अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक माले नेपालसहित नौ एशियाली मुलुकलाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्। परोपकारी काम समेत गर्दै आएका ज्याकमाले शनिवार बिहान एउटा ट्वीट गर्दै उनले १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर दिने उल्लेख गरेका छन्।

‘यो चाँडै पुर्‍याउन सहज छैन। तर हामीले यो सम्पन्न गर्ने छौँ,’ उनले ट्वीटमा लेखेका छन्।

कुन मुलुकलाई कुन सामान कति परिमाणमा दिइने हो भन्ने कुरा भने ट्वीटमा खुलाइएको छैन।
सहयोग दिइने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दि, म्यान्मार, पाकिस्तान र श्रीलङ्का पनि छन्।

ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।

नेपाल सरकारले कोरोनाभाइरस टेस्ट किटसहित अन्य सामग्रीको अभाव रहेको बताउँदै आएको छ। चिकित्सकहरु प्रोटेक्टिभ सुट मात्र होइन, मास्क समेत अभाव भएको बताउँदै आएका छन् ।

अधिकारीहरूका अनुसार काठमाडौंमा १ सय ५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष छन्।त्यसबाहेक थप २ सय ३५ भेन्टिलेटर खरिद गर्ने प्रक्रिया बढाइएको र पुराना पनि मर्मत गर्ने तयारी थालेको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x