Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

नुवाकोट जाने यात्रुलाई निःशुल्क बस सेवा

नुवाकोट जाने यात्रुलाई निःशुल्क बस सेवा

काठमाडौं, ९ चैत । विश्वव्यापी फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै काठमाडौंबाट नुवाकोट जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिएको छ।

स्थानीय समावसेवी एवं गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीको संयोजनमा ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रा.लिले नुवाकोटको त्रिशूलीसम्म जानका लागि आजदेखि बस सञ्चालन गरेको हो । आज काठमाडौंको नक्साल स्थित नारायणचौर, बालाजु र कलंकीबाट नुबाकोटका लागि बस छुटेको छ ।

कोरोनाको त्रास बढेसँगै काठमाडौंबाट आफ्नो घर जानेको संख्या बढेको छ । अझ त्यसमा पनि सरकारले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरि २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि काठमाडौंमा अस्थायी बसोबास गरिरहेकाहरु आफ्नो घर फर्किएका छन् ।

त्यस्तै यात्रुको सुरक्षाका लागि माक्स पनि वितरण गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *