Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शेयर कारोबार नगर्न–नगराउन लगानीकर्ता संघसंगठनको आग्रह

शेयर कारोबार नगर्न–नगराउन लगानीकर्ता संघसंगठनको आग्रह

काठमाडौं, ९ चैत । सरकारकाले आइतवारदेखि अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेकोले शेयर कारोबार पनि नगर्न नगराउन लगानीकर्ता संघ रसंगठनले आग्रह गरेका छन् । आइतवार लगानीकर्ता संघर संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा शेयर बजार अत्यावश्यक सेवामा नपर्ने भएकाले कारोबार नगर्न आग्रह गरिएको छ ।
शेयर बजार २५ जनाभन्दा बढी भेला भएर कारोबार गर्ने स्थल भएकाले पनि सरकारको निर्णयलाई साथ दिन ब्रोकर कार्यालयमा गएर कारोबार नगर्न तथा अनलाइन कारोबार नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल,नेपाल पूँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह, नेपाल पूँजीबजार संघद्वारा संयुक्त रुपमा जारी सो अपिलमा नेप्सेले सीमित लगानीकर्ताहलाई फाइदा हुने विकल्पको रुपमा अनलाइन कारोबारलाई सुचारु गर्न लागेको भन्ने जानकारी आएकोभन्दै त्यसको प्रतिवाद गर्न बाध्य हुने औंल्याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x