Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मेगा बैंकले बढायो मुनाफा

मेगा बैंकले बढायो मुनाफा

काठमाडौं, १० माघ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षको समिक्षा अवधिमा खुद मुनाफा ६.१३ प्रतिशतले बढाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बै.कले ३९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन ३७ करोड ९ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा बैंकले ४५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४० अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दामी ८४ करोड ६३ लाख रुपैयाँ रहेको छ । तर समिक्षा अवधिमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको संचालनमा मुनाफामा भने कमी आएको छ । समिक्षा अवधिमा बैंकले ४३ करोड ३१ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

बैंकको हाल चुक्त पुँजी ७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको ९.४५ प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्ने छ । यस्तै बैंकले टुरिजम डेभलपमेन्ट बैंकसंगको मर्जर पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x