Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कथा कृष्ण पाउरोटीको : घरायसी किचलोले डुब्नै लागेको व्यवसाय उकास्दै प्रज्ञा

कथा कृष्ण पाउरोटीको : घरायसी किचलोले डुब्नै लागेको व्यवसाय उकास्दै प्रज्ञा

झरना कँडेल
काठमाडौं, ९ चैत । भनिन्छ, ‘जागिर खानुभन्दा आफ्नै उद्यम व्यवसाय गर्नु बेश ।’ तर व्यवसाय थाल्न सोचेजस्तो सजिलो कहाँ हुन्छ र ? जसोतसो सानै लगानी र पूँजीबाट व्यवसाय शुरु गरे पनि यसपछि आउने धेरै चुनौतीको सामना गर्नुपर्ने भुक्तभोगीहरुको अनुभव छ ।

आपूmले शुरु गरेको व्यवसाय निरन्तर चलोस्, मुनाफा दिइरहोस् र समयक्रमसँगै विस्तार पनि होस् भन्ने चाहना सबैको हुन्छ । शायद यस्तै चाहना नेपालको पाउरोटी उद्योगमै सुनौलो इतिहास बोकेको ‘कृष्ण पाउरोटी उद्योग’का संस्थापक कृष्णबहादुर राजकर्णिकारको पनि थियो होला । तर व्यवसाय पुस्तान्तर हुँदा देखिएका घरायसी समस्या र किचलोले यो उद्योग पनि अछुतो रहन सकेन । नेपालको पाउरोटी उद्योगमा सबैभन्दा पुरानो नाम हो कृष्ण पाउरोटी । यो उद्योग स्थापना भएको ७१ वर्ष पूरा भएको छ । तर ७ दशकको इतिहास बोकेको यो उद्योगले जति फड्को मार्नुपर्ने हो, त्यो हुन नसकेको सरोकारवालाहरुको बुझाइ छ । यसभन्दा पछि आएका विभिन्न पाउरोटी उद्योगले आज आफूलाई विस्तार गरे ठूलो ब्रान्ड बनिसक्दा यो उद्योग भने सीमित दायरामा रहेको सम्बद्ध व्यक्तिहरु बताउँछन् ।

यतिका लामो कालखण्ड बिताइसकेको उद्योग किन उल्लेख्य विस्तार हुन सकेन त ? पक्कै पनि यसका केही कारण छन् । नजिकको स्रोतका अनुसार उद्योगको यो अवस्था आउनुमा संस्थापक कृष्ण राजकर्णिकारका छोराहरुबीचको आन्तरिक विवाद तथा झगडा मुख्य कारण हो ।
कृष्णबहादुर राजकर्णिकारको शेखपछि केही समय राम्ररी चलेको उद्योग उनका चार जना छोराहरुको आपसी बेमेल तथा मनमुटावका कारण उत्पादन तथा गुणस्तरमा ठूलो कमी आएको थियो । अंशबन्डामा कुरा नमिलेपछि राम्रो व्यवस्थापन नहुँदा केही समय उक्त उद्योगका उत्पादनको गुणस्तर निकै खस्कियो । अंशबण्डापश्चात् कृष्णबहादुरका कान्छा छोरा घनश्याम राजकर्णिकारले धेरै संघर्ष गरेर उद्योग फेरि माथि उठाए । उनले भारतको कलकत्तामा गएर त्यस सम्बन्धी शीप तथा ज्ञान हासिर गरेर उद्योगलाई अघि बढाउने अग्रसरता लिएका थिए ।

नेपालको पाउरोटी उद्योगमै एउटा गर्विलो इतिहास बोकेको यो उद्योग खुम्चिँदै जानु वा विस्तार गर्न नसक्नु समस्याको विषय थियो । यसो हुनुका कारण जे भए पनि यसलाई निकास दिएर अघि बढ्नुपर्ने चुनौती भावी पुस्तासमक्ष आइप¥यो । त्यसैले शून्यमा झर्दै गरेको यो उद्योगलाई शिखरमा पु¥याउने प्रण लिएकी छिन् तेस्रो पुस्ता अर्थात् संस्थापक राजकर्णिकारकी नातिनी प्रज्ञा राजकर्णिकारले । प्रज्ञा घनश्यामकी तेस्रो छोरी हुन् ।

व्यवसायमा लाग्ने प्रेरणा
भारतको पुनेमा आफ्नो पढाइ सकेकी प्रज्ञाले आईएलएससी बैंकमा १३ वर्ष सम्म काम गरिन् । त्यहाँ काम गर्दै गर्दा उनलाई आफ्नो बुवाले भनेको कुराले छोएपछि बुवाको व्यवसाय सम्हाल्ने निधो गरिन् । उनका बुवाले पहिलेदेखि नै व्यवसाय गर्न सुझाए पनि उनले मानेकी थिइनन् । उनका बुवाले उनीसँगै अरु छोरीहरुलाई पनि जागीर गर्न भन्दा आफ्नै धन्दामा सघाउन बारम्बार सुझाएका थिए ।
यिनै कुराले एक दिन प्रज्ञाको मनमा प्रभाव पा¥यो । हजुरबुवाले सुरु गरेको व्यवसाय म माथि लैजान सक्छु भन्ने अठोट आयो । त्यसपछि बैंकको जागिर छोडेर उनले बुवालाई सघाउँदै जाँदा अहिले अहिले सबै व्यवस्थापन उनले नै सम्हालेकि छिन् । वि.स. २००५ सालमा दुई तीन आइटमबाट शुरु भएको कृष्ण पाउरोटीमा अहिले दर्जनौं बेकरी आइटम बन्छन् भने दैनिक लाखौंको कारोबार हुने गर्छ ।

‘महिला भएकै कारण कर्मचारीले पनि विश्वास गर्दैनथे’


बुबाको प्रेरणा र आफ्नै अठोटले प्रज्ञा यो व्यवसायमा त आइन् । तर यहाँ उनलाई सोचे जस्तो सजिलो भने थिएन । महिला भएकै कारण सुरुवाती दिनमा कर्मचारीदेखि अन्य मानिसले समेत विश्वास नगरेको तीतो अनुभव छ उनीसँग । ‘तर संघर्ष गर्न सक्ने मान्छे नै शिखरमा पुग्न सक्छ भन्ने आत्मविश्वासका साथ अघि बढेँ,’ उनले भनिन्, ‘कडा परिश्रमण, दरिलो आत्मविश्वास र लगनशीलताकै कारण अहिले म यो ठाउँमा छु । सबैको विश्वासको पात्र बनेकी छु । कर्मचारीहरू पनि खुसी छन् ।’ हजुरबुवाले बनाएको यो नाम अनि बुवाले दिएको जिम्मा र विश्वासलाई अझ सुदृढ बनाउने व्यवसायलाई उच्चस्तरमा पु¥याउने प्रतिज्ञा उनले लिएकी छिन् ।

गुणस्तरमै केन्द्रित
पछिल्लो समय उपभोक्ताले आफ्नो खानपानमा विशेष ध्यान दिन थालेका छन् । त्यसैले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यान दिएर विगत ३ वर्षदेखि स्वास्थ्यवद्र्धक खानेकुरालाई प्राथमिकता दिइएको प्रज्ञाले बताइन् । ‘विशेषगरी आटा, फापरको पिठो र मकैको पिठोबाट बनेका परिकार तयार गरेका छौं,’ उनले भनिन्, ‘बुवा–हजुरबुवाले कमाइदिएको नामलाई दिगो राख्नु छ । उपभोक्ताको स्वास्थ्यको विषयमा सम्झौता गर्दैनौं । सबैभन्दा ठूलो कुरा हामीले गुणस्तरमा ध्यान दिएका छौं ।’ यस उद्योगका कमलपोखरीमा दुई ओटा र भैंसेपाटीमा एउटा शाखा सञ्चालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x