सुदूरपश्चिममा कोरोना नियन्त्रणका लागि सिद्धार्थ बैंकको १० लाख सहयोग

धनगढी, १५ चैत । सिद्धार्थ बैंकले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सुदूरपश्चिम कार्यालय प्रमुख पवनचन्द्र अधिकारी र धनगढी शाखाका शाखा निर्देशक नितेश श्रेष्ठले उक्त रकमको चेक शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न बैंक तयार रहेको जनाउँदै सुदूरपश्चिम कार्यालय प्रमुख अधिकारीले देशका सातै प्रदेशमा कोरोना भाइसर नियन्त्रणमा १०–१० लाख रकम दिने बैंकको केन्द्रीय निर्णयअनुसार रकम हस्तान्तरण गरिएको बताए । मुख्यमन्त्री भट्टले निजी क्षेत्रबाट रकम सहयोग गर्ने पहिलो संंस्था भएको जानकारी दिँदै धन्यवाद व्यक्त गरेका थिए ।