Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

तीन अस्पतालमा ल्याब स्थापना गर्दै सुदूरपश्चिम प्रदेश सरकार

तीन अस्पतालमा ल्याब स्थापना गर्दै सुदूरपश्चिम प्रदेश सरकार


धनगढी, १५ चैैत । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित बिरामीको नमूना परीक्षणका लागि तीन वटा अस्पतालमा ल्याब स्थापना गर्ने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाका सम्भावित बिरामीको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीमा ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले बताए ।
लकडाउनका कारण ज्याला मजदुरीबाट आय स्रोत गुमेका तथा गरिबीको रेखामुनि रहेकाहरुका लागि ४० करोडको राहत प्याकेज उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । राहत प्याकेज आर्थिक मामिला तथा योजना मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए । कोषमा विभिन्न संघसंस्था तथा सर्वसाधारणले समेत राहत रकम जम्मा गर्न सक्ने प्रदेश सरकारले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x