Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

१९२ ठाउँमा चार सिफ्टमा काम गरेका छौं : ट्राफिक प्रहरी प्रमुख ढकाल

१९२ ठाउँमा चार सिफ्टमा काम गरेका छौं : ट्राफिक प्रहरी प्रमुख ढकाल

काठमाडौं १५, चैत । यति बेला मुलुक लकडाउनमा छ । सरकारले आम नागरिकलाई घरमै बस्न, सावधानी अपनाउन र सचेत रहन आग्रह गरेकाले सर्वसाधारणले त्यसको पालना गरेका छन् ।
यस्तै अत्यावश्यक सवारीसाधन बाहेकलाई सञ्चालनमा रोक लगाएकाले सडकमा सवारी आवागमन घटेको छ । सधैं धूलो र धूँवा खाएर सडकमा खटिने ट्राफिक प्रहरीलाई यसबाट केही राहत मिलेकको आम मानिसको बुझाइ छ । तर लकडाउनको बेला पनि आफूहरुको काममा कमी नआएको ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । उनका अनुसारर अहिले ट्राफिक प्रहरीको भूूमिका झनै बढी र महत्वपूर्ण देखिएको छ ।
‘उपत्यकाको ट्राफिक व्यवस्थापन हेर्ने प्रहरी १४ सय छन्,’ उनले भने, ‘अन्य बेला ११ सय खटिने गरेकोमा अहिले त्योभन्दा बढी नै ड्युटीमा छन् ।’ उपत्यकाका १ सय ९२ ठाउँमा ट्राफिक प्रहरी परिचालन भएको उनले जानकारी दिए । बिहान र दिउँसोको सिफ्टमा ४००÷४००, साँझको सिफ्टमा २०० र रातिको सिफ्टमा डेढ सयभन्दा बढी खटिएको उनले बताए । संगठनले अहिले आकस्मिक प्रयोजन बाहेक बिदामा बस्न रोक लगाएको र यसअघि बिदामा बसेकालाई समेत बोलाएको उनको भनाइ छ ।
आफूहरु मास्क, स्यानिटाइजर लगायतको व्यवस्था सहित फिल्डमा खटिएको ढकालले बताए । सवारी आवागमन कम भए पनि लकडाउनका बेला बाहिर निस्कने प्रत्येक मानिस र सवारीसाधनको निगरानी राख्नुपर्ने चुनौती रहेको उनको भनाइ छ । आफूूहरु सरकारको अंग हुँदा नागरिकको सुरक्षा प्राथमिकतामा हुुने भएकाले जथाभावी बाहिर निस्कनेहरुलाई सम्झाइ–बुझाई घरभित्रै बस्न आग्रह गरिएको र जबरजस्ती गर्न खोज्नेलाई आवश्यक कारबाही समेत गरिँदै आएको उनको भनाइ छ ।
सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी संगठनले नियमित बैठक बस्ने, कामकारबाहीको समीक्षा गर्ने र ठोस कार्यक्रम ल्याउने गरेको ढकालले जानकारी दिए । यस्तै ट्राफिक प्रहरी मुख्यालयमा २०–२५ बेड क्षमताको आइसोलेसन वार्ड बनाउन लागिएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x