Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

अमेरिकाले ल्यायो २० खर्ब डलरको राहत प्याकेज

अमेरिकाले ल्यायो २० खर्ब डलरको राहत प्याकेज

चैत १५, न्यूयोर्क । कोरोना महामारी विरुद्ध लड्न अमेरिकी सरकारले २० खर्ब डलरको आपत्कलीन राहत प्याकेज ल्याएको छ । अमेरिकी कंग्रेसले शुक्रवार पारित गरेको ययो राहत प्याकेज अमेरिकी इतिहासकै सबैभन्दा ठूूलो राहत कार्यक्रम भएको बीबीसीले उल्लेख गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट उन्पन्न आर्थिक संकट समाधानका लागि ल्याइएको राहत प्याकेजको विधेयक कंग्रेसबाट पारित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृत गरेका छन् । विधेयकमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले यो प्याकेजले अमेरिकी परिवार, कामदार एवं व्यवसायीलाई तत्काल राहत मिल्ने बताएका छन् ।

राहत स्वीकृत भएपछि त्यहाँका नागरिकहरुलाई प्रत्यक्षरुपमा वितरण गरिनेछ । भने सरकारले राज्य सरकारलाई सहयोग गर्नेछ । व्यवसायीलाई सहुलियत दरमा ऋण प्रदान गरिनेछ । राहत प्याकेजअन्तर्गत ठूला उद्योग एवं व्यवसायीले ५०० अर्ब डलर तथा साना व्यवसायीले ३६७ अर्ब डलर ऋण सुविधा पाउनेछन् ।

त्यस्तै राज्य एवं स्थानीय सरकारहरुले १५० अर्ब डलर पाउनेछन् भने अस्पतालका लागि १३० अर्ब डलर रकम विनियोजन गरिएको छ । राहत प्याकेजअन्तर्गत व्यक्ति एवं परिवारका लागि २५० अर्ब डलर विनियोजन गरिएएको छ ।
बीबीसी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x