Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेपाल पुनर्बीमाको साधारण शेयर बुधवार बाँडफाँट हुने

नेपाल पुनर्बीमाको साधारण शेयर बुधवार बाँडफाँट हुने

काठमाडौं, २५ चैत । नेपाल पुनर्बीमा कम्पनीको साधारण शेयर बुधवार (भोलि) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार बुधवार बिहान ७ः३० मा कम्पनीको आईपीओ बाँडफाँट हुने भएको हो । कम्पनीले चैत १४ गते साधारण शेयर बाँडफाँट गर्न तयारी गरेको भए पनि सरकारले गरेको लकडाउनका कारण रोकिएको थियो ।
कम्पनीले लकडाउनका कारण आईपीओ बाँडफाँट गर्न केही ढिलाइ गरेको हो । लकडाउन हटेपछि शेयर बाँडफाँट गर्ने भनिएको भए पनि लकडाउनको समयावधि पुनः थप भएका कारण बुधवार नै आईपीओ बाँडफाँट गर्ने निर्णय गरिएको नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले जनकारी दिए ।
कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म विक्री गरेको आईपीओ बाँडफाँट हुन नसक्दा सर्वसाधारणको माग भन्दा बढीको रकम रोक्का भएको थियो ।
कम्पनीले १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको छ । कुल कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता विक्री गरेको छ भने यसबाहेक ७३ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ । सर्वसाधारणले यस आईपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्, जुन मागभन्दा ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बढी हो । विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले दिएको जानकारी अनुसार उक्त रकम बराबरको आईपीओका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x