Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्नातक चौथो वर्षका परीक्षा पनि स्थगित गरिने

स्नातक चौथो वर्षका परीक्षा पनि स्थगित गरिने

काठमाडौं, २५ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेसँगै त्रिभुवन विश्वविद्यालयले पनि स्नातक चौथो वर्षका सबै परीक्षा स्थगित गर्ने भएको छ । कोरोना भाइरसको त्रासका कारण विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको भन्दै स्नातक चौथो वर्षका परीक्षाको मिति सार्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार केही दिनभित्रै स्नातक चौथो वर्षको परीक्षा स्थगित गरिएको सूचना जारी गरिनेछ ।

यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको परीक्षा नियन्त्रक जोशीले जनाकारी दिए । उनले भने, ‘वैशाख २१ गतेदेखि हुन लागेको कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बार्डले स्थगित गर्ने निर्णय गरिसकेको छ । हाम्रो १६ गतेदेखि परीक्षा हुने समय तालिका सार्वजनिक गरिएको थियो । तर, कोरोनाको त्रासमा विद्यार्थीहरू जताततै छरिएका छन् । त्यसलाई ध्यानमा राखेर हामीले पनि परीक्षा सार्ने तयारी गरेका छौं ।’

स्नातक चौथो वर्षको परीक्षा वैशाख १६ देखि जेठ ५ गतेसम्म हुने तालिका सार्वजनिक भएको थियो । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले पनि कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै चैत २५ गते (आज) ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x