महालेखापरीक्षकको कार्यालयद्वार २४ लाख ३४ हजार रुपैयाँ कोरोना रोकथाम कोषमा जम्मा

काठमाडौं, २५ चैत । महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २४ लाख ३४ हजार ६ सय ८६ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम आज हस्तान्तरण गरिएको हो । सहयोग रकम महालेखापरीक्षक टंकमणि शर्मा (दंगाल)को आधा महिनाको तलब र अन्य कर्मचारीहरुको तलबबाट कट्टा गरी जम्मा गरिएको हो ।

चैत्र ११ को सचिवस्तरीय बैठकको निर्णय बमोजिम कर्मचारीको मासिक पारिश्रमिकट रकमा कट्टा गर्ने निर्णय गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *