सन् नेपाल लाइफद्वारा कोरोना भाइरस संक्रमण रोकथामका लागि ३० लाख हस्तान्तरण
काठमाडौं, १ वैशाख । सरकारले स्थापना कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स ३० लाख १ हजार रुपैया सहयोग योगदान गरेको छ । आइतबार कम्पनीका महाप्रबन्धक कमलराज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
यसवाट कोरोनाभाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दतपुग्ने कम्पनीले विश्वास लिएको छ ।