Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विश्वव्यापी जीडीपी ३ प्रतिशतले संकुचन हुने

विश्वव्यापी जीडीपी ३ प्रतिशतले संकुचन हुने

काठमाडौं, ३ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) या अर्थतन्त्रमा ३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । कोरोना भाइरस महामारीका कारण विश्वभर आर्थिक गतिविधि सुस्त भएकाले तीव्र गिरावटको संकेत देखिएको हो । महाहामारीले विश्व अर्थतन्त्रमा दुई वर्षभित्र ९० खर्ब अमेरिकी डलरको क्षति हुने आइएमएफको अनुमान छ ।

जनस्वास्थ्य संक्ट, आर्थिक गतिविधिमा अवरोध, उत्पादन र मागमा गिरावट, पुँजीको उल्टो प्रवाह, वस्तुको मूल्य ध्वस्त हुने अवस्था विश्व अर्थतन्त्रमा देखिएको आइएमएफले उल्लेख गरेको छ । त्यस्तै मुद्रास्फिति ६.७ प्रतिशत हुने अनुमान छ ।
विश्व आर्थिक परिदृश्य सार्वजनिक गर्दै आइएमफले नेपालको आर्थिक वृद्धिदर पनि घटाएको छ । नेपालमा सन् २०२० मा २.५ प्रतिशत र सन् २०२१ म ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुनसक्ने आइएमएफको प्रक्षेपण छ । यसअघि लगत्तै विश्व बैंकले नेपाली अर्थतन्त्र १.५ देखि २.८ प्रतिशतसम्म विस्तार हुनसक्ने अनुमान सार्वजनिक गरेका बेला आइएमएफको नयाँ प्रक्षेपण आएको हो ।

अनौपचारिक कामदार र दैनिक ज्यालादारी गर्नेलाई महामारीले सबैभन्दा ठूलो असर पारेको छ । खानपान र स्वास्थ्य सेवामा पहुँच सहितको उचित राहतका लागि आइएमएफले आग्रह गरेको छ । व्यक्तिहरु र साना मझौला उद्यममा राहत तथा सहयोग हस्तान्तरण गर्दा डिजिटल भुक्तानी माध्यमलाई प्राथमिकता दिन आइएमएफले सुझाएको छ । त्यस्तै कमजोर मुलुहरु अझै कमजोर बन्न सक्ने भन्दै न्यून आय भएका मुलुकहरु ऋण माफीको योजनाबारे दाताहरुले सोच्नुपर्ने आइएमएफे उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारी सन् २०२० को दोस्रो त्रैमासमा उच्च तहमा पुग्ने र यो अवधिमा सबै देशहरुले यसलाई रोक्न लकडाउन लगायतका सहारा अबलम्बन गर्दा दोस्रो त्रैमासमा आर्थिक गतिविधि नगण्य भै अर्थतन्त्रमा सबैभन्दा ठूलो गिरावट देखिने आइएमएफको अनुमान छ । त्यसपछि भने सबै राष्ट्रहरुले क्रमशः आर्थिक गतिविधि सुचारु गर्नेछन् ।

आइएमएफको यसअघिको प्रक्षेपण अनुसार विश्व अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने थियो । अहिले ३ प्रतिशतले संकुचन हुने अनुमान अनुसार विश्वले सम्भावित ६.३ प्रतिशत जीडीपी घाटा व्यहोरेको छ । आइएमएफले सरल र सुलभ स्वास्थ्य सुविधा बढाउन र निजी क्षेत्रमार्फत् अर्थतन्त्रको पुनःस्थापनामा विभिन्न वित्तिय र मौद्रिक उपायहरु अबलम्बन गर्न आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x