Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

यूएनएफपीएद्वारा १ हजार २०० पिपिइ सेट सहयोग

यूएनएफपीएद्वारा १ हजार २०० पिपिइ सेट सहयोग

काठमाडौं, ८ वैशाख । संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पु¥याउन एकहजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पिपिइ) हस्तान्तरण गरेको छ । नेपाल, चीन र यूएनएफपीएबीच दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरिएको हो ।
तीन करोड ४ लाख ८० हजार मूल्य बराबरको ती सहयोग सामग्रीमा सर्जिकल मास्क, एन–१९ मास्क, फेस सिल्ड, आइगगल्स, हेड एण्ड कभर्स, लङ स्लिभ इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एण्ड गम्बुट्स रहेका यूएनएफपिएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर कोरोना महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार रहेको समेत विज्ञप्तिमा उल्लेख छ । यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवन बचाउन अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आह्वान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x