Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

बैंक तथा वित्तीय संस्थाले उपयोग गरे १८ अर्ब ३८ करोड पुनर्कर्जा

बैंक तथा वित्तीय संस्थाले उपयोग गरे १८ अर्ब ३८ करोड पुनर्कर्जा

काठमाडौं, १० वैशाख । उत्पादनशील उद्योग तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा गत फागुन मसान्तसम्ममा रू. १८ अर्ब ३८ करोड पुगेको छ । यसमध्ये साधारण पुनर्कर्जा रू. १५ अर्ब ८३ करोड र निर्यात पुनर्कर्जा रू. १ अर्ब १ करोड उपयोग भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जा सो अवधिमा रू. १ अर्ब ५३ करोड रहेको छ । यस्तो कर्जा कुल १ हजार ५९२ ऋणीले उपयोग गरेका छन् ।
उत्पादनशील क्षेत्रतर्फ लगानी र निर्यात विस्तारमा सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत ब्याजमा पुनर्कर्जा दिन्छ । बैंक तथा वित्तीय संस्थाले साधारण पुनर्कर्जा ३ प्रतिशत र विशेष तथा निर्यात पुनर्कर्जा १ प्रतिशत ब्याजमा पाउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *