Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

७४६ स्थानीय तह बैंकिङ्ग पहुँचमा

७४६ स्थानीय तह बैंकिङ्ग पहुँचमा

काठमाडौं, १० वैशाख । २०७६ फागुन मसान्तसम्ममा कुल ७५३ स्थानीय तहमध्ये ७४६ स्थानीय तहमा बैंकका शाखा कार्यालय पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म ७४६ स्थानीय तहमा बैंकका शाखा कार्यालय विस्तार भएका हुन् ।

सातवटा प्रदेशमध्ये प्रदेश नं. २ र प्रदेश नं. ५ का सबै स्थानीय तहमा बैंकका शाखा कार्यालयहरु विस्तार भएका छन् । प्रदेश नं. २ मा १३६ स्थानीय तह छन् भने प्रदेश नं. ५ मा १०९ स्थानीय तह छन् ।

त्यसैगरी प्रदेश नं. १ मा रहेका १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा बैंकका शाखा कार्यालय पुगेको छ । बागमती प्रदेश र सुदूर पश्चिम प्रदेशका २ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । बागमती प्रदेशमा ११९ स्थानीय तह छन् भने सुदूर पश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेका छन् ।

साथै, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैंकका शाखाहरु पुगेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये १ स्थानीय तहमा बैंकको शाखा पुगेको छैन् ।
फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार ६४० पुगेको छ । गत वर्षको असार मसान्तमा बैंकका शाखा कार्यालय ८ हजार ६८६ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x