Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना नियन्त्रण तथा रोकथाम कोषमा २ अर्ब ११ करोड संकलन

कोरोना नियन्त्रण तथा रोकथाम कोषमा २ अर्ब ११ करोड संकलन

काठमाडौं, १० वैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रू. २ अर्ब ११ करोड ६५ लाख ५८ हजार जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कोषमा मंगलवार मात्र रू. १ करोड ३५ लाख ३ हजार कोषमा जम्मा भएको राससमा उल्लेख छ ।
मंगलवार एभरेष्ट बैंकले रू. ६० लाख, राष्ट्रिय योजना आयोगबाट रू. ४ लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट रू. ३ लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालयबाट रू. २ लाख ९४ हजार ८५५, न्याय हेल्प नेपालबाट रू. २ लाख ७१ हजार २० र नाम नखुलेका तथा रू. १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट रू. ४५ लाख ५८ हजार ५९ संकलन भएको बताइएको छ ।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पु¥याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ । उक्त कोषमा बैंक तथा वित्तीय संस्थाहरूले पनि उल्लेख आर्थिक सहयोग गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x