Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

७०% ब्याज उठेन, राष्ट्र बैंकले माग्यो ठूला ऋणीको विवरण

७०% ब्याज उठेन, राष्ट्र बैंकले माग्यो ठूला ऋणीको विवरण

काठमाडौं, १० वैशाख । सरकारले चैत मसान्तमा परिपक्व भएको ऋणको साँवा ब्याज भुक्तानी गर्न असार मसान्तसम्मको समयावधि दिएपछि ७० प्रतिशत ब्याज असुली हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । चैत मसान्तमै तिर्दा १० प्रतिशत छुट दिनेगरी ब्याज तिर्न प्रोत्साहीत गर्दा पनि ठूलो परिमाणमा साँवा ब्याज असुली हुन नसकेको बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

‘फागुनसम्म राम्रो आर्जन गरेकाले पनि ऋणको साँवाब्याज तिर्न आनाकानी गर्नु दुःखद् हो,’ उनले भने, ‘सरकारले ऋण तिर्न नसक्नेहरुका लागि सुविधा दिएको हो । तर सबैले यो सुविधा उपयोग गर्न खोजेको देखिन्छ ।’ उनले असार मसान्तमा दुवै किस्ता एकैपटक तिर्नपर्दा थप भार पर्ने बताए ।
कतिपय ऋणीहरुले भने असारमसान्तको किस्ता तिर्न पनि राष्ट्र बैंकले केही लचकता अपनाउँछ कि भनेर पर्खिरहेका छन् । बैंकर्स संघले सुरुवातमा ३० प्रतिशत जति साँवा ब्याज भुक्तानी असारका लागि सर्ने अनुमान गरेपनि वास्तविकता भने उल्टो रहेको बताए ।

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायहरुलाई मात्र ऋणको साँवाब्याज तिर्न लचकता अपनाउनेगरी तयारी गरिरहेको छ । यसका लागि खास व्यवसायहरु र त्यसमा पनि धेरै प्रभावितको स्क्रिनिङ भैरहेको छ । यसैबीच ऋणको साँवाब्याज तिर्न ऋणीहरुले आलटाल गरेपछि राष्ट्र बैंकले ठूला ऋणीहरुको विवरण मागेर तिनीहरुको व्यवसायको नगद प्रवाहको स्थितिबारे बुझ्न लागेको छ । पर्यटन र माग पक्ष धक्का लागेर थलिएका केही उत्पादन र सेवामूलक उद्योग बाहेक नगद प्रवाह राम्रो भएका र फागुनसम्म राम्रो कमाएका व्यवसायलाई भने असार मसान्तमा ऋणको साँवाब्याज भुक्तानीमा कुनै लचकता नअपनाइने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x