Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

स्थानीय सरकारले यातायातको व्यवस्था गरेपछि हजारौंले काठमाडौं छाडे

स्थानीय सरकारले यातायातको व्यवस्था गरेपछि हजारौंले काठमाडौं छाडे

काठमाडौं, १० वैशाख । लकडाउनमा काठमाडौंमा अड्कीएका हजारौंले मंगलबार काठमाडौं उपत्यका छाडेका छन् । स्थानीय सरकारले यातायात व्यवसायीसँग समन्वय गरेर यातायातको प्रबन्ध गरिदिएपछि काठमाडौं छाड्ने क्रम बढेको हो ।
कतिपय स्थानीय तहले भाडा आफैंले तिरिदिएका छन् भने कतिपयले यात्रुको अनुरोधमा यातायातमात्र व्यवस्था गरिदिएका छन् । भाडा यात्रु आफैंले तिरेर गन्तव्यमा गइरहेका छन् । लकडाउनको बेला सवारीसाधन चलाउँदा दुर्घटना भए बीमा दाबी समेत नपाइने हुँदा सरकारले आह्वान गरिदिएको भए कुनै भवितव्यमा समेत बीमा दाबी पाइने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।
काठमाडौं छाड्ने सबै नाकाहरुमा मंगलबार सवारीसाधनको चहलपहल देखिएको थियो । सबैभन्दा बढी सवारीसाधन बीपी राजमार्ग र अरनिको राजमार्ग भएर चलेका छन् ।

लकडाउनपछि रातबिरात मानिसहरु कष्ट सहेर पैदल यात्रा गर्दै आफ्नो गाउँ फर्कन थालेपछि सरकारले केही नगरेको भनेर व्यापक आलोचना भएको थियो । दैनिक ज्यालादारी गर्ने मजदूरहरु विभिन्न ठाउँबाट आफ्नो गाउँघर फर्किरहेका छन् । आलोचना बढेपछि स्थानीय सरकारले आफ्नो गाउँघरमा समन्वय गरी फर्कन चाहानेलाई यातायातको व्यवस्था गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x