Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

काठमाडौं, १० वैशाख । वेस्टर्न युनियनले आफ्ना नेपालका ग्राहकलाई घर–घरमै सेवा दिने भएको छ । मंगलबार अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेका हुन् ।
सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड—१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले ग्राहकको रकम घरमै पु¥याउने भएको हो । होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुन विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पु¥याउँने र बैंक खाता नभएकाहरु सहित ठूलो संख्याका ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान हुने अपेक्षा गरिएको छ ।
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन् । जसको लागि कल सेन्टरको नम्बरहरु उपलब्ध गराइएको छ । अन्नपूर्ण ट्राभल एण्ड टुसको सम्पर्क नं. ०१ः४२२३५३० र हुलास रेमिटान्सको सम्पर्क नं. ९८५१०१९९७३ उपलब्ध गराइएको छ ।

उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ । एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि व्हाटस्एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् । एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्टको प्रतिनिधिहरु प्रापकको घरमा रकमसहित पुग्नेछन् । रकम हस्तान्तरण गर्नु अगाडि एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् । सफल प्रमाणिकरण पश्चात एजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x