Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भीमफेदी–कुलेखानी सडक विस्तारले गति लियो

भीमफेदी–कुलेखानी सडक विस्तारले गति लियो

हेटौंडा, ११ वैशाख । मकवानपुर जिल्लाबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तारको कार्यमा मानवीय र सुरक्षाको संवेदनशीलता अपनाएर निर्माण तीव्र पारिएको छ । बाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार अघि बढाइएको हो ।
मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानीसम्मको सडक विस्तारका लागि दुई चरणमा रु १७ करोड र १५ करोडमा एक निर्माण व्यवसायीलाई बोलपत्र आहवान गरी स्वीकृति प्रदान गरिएको र आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्ने अनुमति दिइएको सो मन्त्रालयले बताएको छ ।
मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने काठमाडौँको छैमलेबाट कुलेखानीसम्म सडक विस्तारका लागि पनि काठमाडौँ र मकवानपुर जिल्ला समन्वय समितिको संयुक्त लगानीमा सडक विस्तार भइरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x