Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

मुस्ताङमा यार्सा टिप्न रोक

मुस्ताङमा यार्सा टिप्न रोक

म्याग्दी ११, वैशाख । कोरोना भाइरसको जोखिमका कारण यस वर्ष हिमालपारिको जिल्ला मुस्ताङमा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सतर्कताका लागि देशैभर लकडाउन भइरहेको र यो समयमा यार्सा टिप्नु चुनौती हुने भन्दै जिल्ला विपत् व्यवस्थापन समितिले मुस्ताङले संकलनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।
जिल्लाको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लो घेकर दामोरकुण्ड र थासाङ गाउँपालिकाका विभिन्न लेकहरुमा वैशाखदेखि असारसम्म यार्सागुम्बा टिप्न सुरू हुन्थ्यो ।
यार्सा संकलन गर्नेकार्य फुकुवा हुँदा जिल्ला बाहिरका मानिसको आउजाउ बढ्ने भएकाले तत्कालका लागि यार्सा टिप्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । यो वर्ष यार्सा संकलन गर्न नदिइने देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनले झनै ठूलो विपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएको भन्दै यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको अर्यालले बताए । लकडाउनको पूर्ण पालना गर्ने भन्दै यार्सा टिप्न रोक लगाइएको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थाकालीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x