Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

पोखरा महानगरको कोषमा रोड शोको ५ लाख ५५ हजार सहयोग

पोखरा महानगरको कोषमा रोड शोको ५ लाख ५५ हजार सहयोग

पोखरा, ११ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । महानगरको कोषमा बुधवार रोड सो कस्ट्रक्सन प्रालिले ५ लाख ५५ हजार सहयोग गरेको छ । रोड शो प्रालिका अध्यक्ष कालु गुरुङले उक्त रकम बराबरको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् ।
महानगरले थालेको कोरोना रोकथाम नियन्त्रण र जोखिममा परेका नागरिकलाई सहयोग गर्न महानगरले थालेको अभियानमा रोड शोले सहयोग गरेकोमा जिसीले धन्यवाद दिए । यसैगरी आमा मिलन बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार सहयोग गरेको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर थापा क्षेत्री, सल्लाहाकार इन्दिरा पौडेल, कोषाध्यक्ष गोविन्द तुलाचन र सहकारी प्रबन्ध निर्देशक धु्रवराज पौडेलको टोलीले महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।
पोखरा पञ्चकोशी आर्थर समाजले २५ हजार सहयोग गरेको छ । अध्यक्ष कमल गुरुङ, सचिव मेखबहादुर गुरुङ सल्लाहकार चिजकाजी गुरुङ र रत्नबहादुर गुरुङले उक्त रकम नगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । आर्थडाँडा खर्क कोन परिवारले २५ हजार सहयोग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x