ज्योती विकास बैंकबाट प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बाहिरिए
काठमाडौं, ११ बैशाख । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बाहिरिएका छन् । चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका उनी दुई वर्ष बाँकी रहदै बैंकबाट बाहिरिएका हुन ।
दुई वर्षमा पुनरावलोकन गर्ने बैंक सञ्चालक समिति र उनीबीच सहमति थियो। त्यसै अनुसार दुवै पक्षले बाँकी दुई वर्ष निरन्तरता दिन नचाहेकाले उनी १५ गतेबाट बिदा हुने छन्।