कामना सेवाले ल्यायो सर्वाधिक उच्च ब्याजदरसहितको अनलाइन खाता योजना
काठमाडौं, १६ वैशाख । कामना सेवा विकास बैंकले मंगलबारदेखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब ग्राहकले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छाअनुसारको सर्वाधिक उच्च ब्याजदरसहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । उक्त खाता खोलेपश्चात ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् ।
त्यस्तै बैंकले वि. सं. २०७७ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर बैंकका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा अनलाईन सार्वजनिक गरेका हुन् ।
हाल बैंकले १२३ वटा शाखा कार्यालय तथा ६४ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।