Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सम्बन्धी सम्झौता

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सम्बन्धी सम्झौता

काठमाडौं, २१ वैशाख । सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स्मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ । सेञ्चुरी पेबाट ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै १ लाखभन्दा बढि मर्चेन्टमा क्युआर कोडमार्फत भुक्तानी गर्न सक्नेछ । यसैगरी सेञ्चुरी पेमा आफ्नो मोबाईलमार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिनेछ । साथै, फिङ्गर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
हाल बैंकले १ सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ सेवा र ८३ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x