Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

आर्थिक पत्रकारहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा

आर्थिक पत्रकारहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा

काठमाडौं, ७ जेठ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमीटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरुको ५० हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना वीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुनेछ ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, वीमा, अग्नी वीमा, इन्जीनियरिङ्ग वीमा, कृषि तथा पशुपन्छी वीमा लगाएतका वीमा लेखहरु जारी गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x