कोरोना संक्रमण थप ३० जनामा देखियो, संक्रमितको कुल संख्या ४८७ पुग्यो
काठमाडौं, ९ जेठ । शुक्रबार बिहान थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार संक्रमण पष्टि भएकामध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्। योसँगै संक्रमितको संख्या ४८७ पुगेको छ ।
चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परिक्षण गरिएको थियो ।
नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या ४९ रहेको छ ।