Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

लगानीकर्ता संघहरुद्वारा शेयर बजारको सुधारका लागि राहत प्याकेज ल्याउन माग

लगानीकर्ता संघहरुद्वारा शेयर बजारको सुधारका लागि राहत प्याकेज ल्याउन माग

काठमाडौं, ९ जेठ । शेयर बजारको सुधारका लागि ४ वटा शेयर लगानीकर्ता संघले लगानिकर्ताहरूको सम्पत्ति ठूलो मात्रामा गुम्न सक्ने भन्दै तत्काल राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । अहिले लगानीकर्ताहरूले विभिन्न बैंक तथा वित्तिय संस्थाहरूबाट करिब ४५ अर्ब शेयर धितो कर्जा लिएका र सो कर्जा संकटमा परे बैंकमा रहेको निक्षेपसमेत संकटमा पर्न सक्ने भन्दै नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, शेयर लगानीकर्ता दवाव समूह र नेपाल पूँजीबजार संघले संयुक्त रुपमा तत्काल राहतको घोषणा गर्न माग गरेका हुन्।

आव २०७७/७८ को बजेटमा पूँजीबजारको विकास र विस्तारका लागि सकारात्मक सम्बोधन हुनुका सथै त्यसको सफल कार्यान्वयन हुनु आवश्यक रहेको संघहरूको भनाइ छ।

संघहरुले नेपाल धितोपत्र बोर्डलाई माग पत्र बुझाउदै सम्बन्धित सरोकारवाला पक्षहरूसंग समन्वय गरि नीतिगत सुधार गर्न र राहतको तत्काल घोषणा गर्न माग गरेका छन् । त्यस्तै हाल शेयर मार्जिन कर्जामा उपभोग गरिंदै आएको ६५ प्रतिशतको सीमालाई बढाई ८० प्रतिशत कायम गर्ने र वेटेड एभरेज गणना गरिने प्रकृया १८० दिनको सट्टामा १२० दिन कायम गरिनुपर्ने पनि माग गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x