Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा कोभिड १९ को प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण

गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा कोभिड १९ को प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण

काठमाडौं, ९ जेठ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सर्भाइबल, रिभाइबल, एण्ड बियोण्ड ः नेपाल्स स्ट्राटेजी टु म्यानेज द इम्प्याक्ट अफ कोभिड–१९’ अध्ययनको प्रतिवेदन पेश गरेको छ । प्रतिष्ठानका अध्यक्ष तथा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले उप–प्रधानमन्त्री ईश्वर पोख्रेलमार्फत प्रधानमन्त्री ओलीसमक्ष उक्त प्रतिवदेन पेश गरेका हुन् ।
प्रतिष्ठानले गरेको उक्त अध्ययनको अन्यका अतिरिक्त सरकारले जीडीपीको ५५ अर्थात करिब २ खर्बको आर्थिक तथा राहत प्याकेज तुरुन्त ल्याउनुपर्ने निचोड रहेको छ । यसबाहेक जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न उपलब्ध गराउनु पर्ने, कोभिड–१९ को व्यापक परीक्षण गर्नु पर्ने, एसईई परीक्षा खारेज गर्नु पर्ने, स्वास्थ्यकर्मी लगायत अग्रभागमा रहेर काम गर्नेको मनोबल बढाउन भत्ता तथा सुरक्षाको स्तर बढाउनु पर्ने जस्ता निचोड पनि उक्त अध्ययनको रहेको छ ।
प्रतिवेदन ग्रहण गर्दै उप–प्रधानमन्त्री ईश्वर पोख्रेलले छोटो समयमा गहन अध्ययन गरेर सुझाव पेश गरेकोमा अध्ययन टोलीलाई बधाई दिंदै, प्रतिवेदनको धेरै भन्दा धेरै सुझावहरु बजेटमा समावेस गर्न अर्थमन्त्रीसँग छलफल गर्ने आश्वासन दिए । सोही क्रममा उनले सरकारले कोरोना विरुद्धको लडाइँमा सम्पूर्ण शक्ति लगाएको, तर विभिन्न बाधा व्यवधानले गर्दा केही कुराहरुलाई प्राथमिकरण गर्नु परेको बताए ।
प्रतिष्ठानका अध्यक्ष जोशीको अध्यक्षतामा गठित अध्ययन समितिमा पृथ्वीराज लिगल (पूर्व उपाध्यक्ष–रा.यो.आ.), डा. जगदिश चन्द्र पोख्रेल (पूर्व उपाध्यक्ष–रा.यो.आ.), प्रा.डा. गविन्दराज पोख्रेल (पूर्व उपाध्यक्ष–रा.यो.आ.), डा. स्वर्णिम वाग्ले (पूर्व उपाध्यक्ष–रा.यो.आ.), प्रा.डा. पुष्कर वज्राचार्य (पूर्व सदस्य–रा.यो.आ.), डा. अरविन्द कुमार मिश्र (पूर्व सदस्य–रा.यो.आ.), प्रा.डा. कुशुम शाक्य, डा. दधि अधिकारी, श्री महेन्द्र यादव र श्रीमती बसन्ती आचार्य सदस्य रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x