Shangrila

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गर्ने

काठमाडौं, ९ जेठ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गर्ने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट कर्मचारीहरुको सुरक्षाका लागि बीमा गर्ने निर्णय गरेको हो ।

कर्मचारीहरुको बीमा लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनीमा गरिने जानकारी दिइएको छ। करिब एक महिना अघि बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लघुपुल मार्फत कोरोना बीमा पोलिसी सार्वजनीक गरेको थियो । अहिले कोरोना बीमा गराउनेहरुको संख्या दैनिक रुपमा बढ्दै गएको छ।

कोरोनाको महामारीबाट न्यून आय भएका गरिब, निमुखा र फ्रन्टलाइनमा बसेर काम गर्नेहरुका लागि यो बीमा प्रभावकारी हुने छ । बीमाको प्रतिक्षा अवधि १५ दिन रहेको छ । कोरोना संक्रमण भएको पुष्टि हुने पीसीआर टेस्ट पोजेटिभ हुने वित्तिकै दाबी योग्य हुनेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *