Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

थप ३२ जनामा कारोना पुष्टि, सर्लाहीमा मात्र १३ जना

थप ३२ जनामा कारोना पुष्टि, सर्लाहीमा मात्र १३ जना

काठमाडौं, १० जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । शनिबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र भरतपुरको भरतपुर अस्पताल कोभिड(१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा १७ वर्ष देखि ५५ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा कपिलवस्तुको वाणगंगा नगरपालिका ७ जना पुरुष रहेका छन् भने १ जना २७ वर्षिय महिला छन् भने सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष रहेका छन् । यसै प्रयोगशालामा काठमाडौंका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको छ ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुषमा कोरोना पुष्टि भएको हो । त्यसैगरी भरतपुर अस्पताल कोभिड(१९ प्रयोगशाला, भरतपुरमा भरतपुर ६ का ५२ वर्षिय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ ।
हालसम्म कारोना संक्रमण निको भई ७० जना घर फर्किएका छन् भने कोरोना संक्रमणकै कारण ३ जनाको मृत्यु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x