Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, १० जेठ । पछिल्लो समय थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले कोरोना आपडेट गराउँदै आज गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

सेति अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बैतडीका ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १ जना पूरुषमा र राप्ति विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बाँकेका २७ र बाँकेका १ जानामा कोरोना पुष्टि भएको हो । त्यसैगरी सुर्खेतमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
कुल कोरोना संक्रमण जिल्ला ४० पुगेको छ ।

त्यस्तै निको भएर ७० जना घर फर्किएका छन् भने आईसोलेसनमा ५०८ जना रहेका छन् । हालसम्म आरडीटी विधिबाट ८६ हजार २३५ वटा परिक्षण गरिएको छ भने पीसीआर ४५ हजार ९६० वटा परिक्षण गरिएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x