उपत्यकाको सफाइमा खटिएकालाई कोकाकोला–क्रिएसनको सहयोग
काठमाडौं, १४ जेठ । काठमाडौं उपत्यकाको सफाईमा खटिएका सरसफाईकर्मीहरुलाई कोकाकोला फाउण्डेसन र क्रिएसन नेपालले कोरोना संक्रमणबाट सुरक्षित रहन विभिन्न सामाग्री प्रदान गरेको छन् । मंगलबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ती सामाग्री बुझेका हुन् ।
मास्क, पञ्जा, ग्लोब्स लगायतका सुरक्षात्मक उपकरणमा बुझ्दै काठमाडौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले संवेदनशिलता पहिचान गर्दै दिइएको सहयोगले ठूलो महत्व राख्ने बताए । सरसफाईमा खटिने कर्मचारीकाहरुका लागि क्रिएसनले खाद्यान्न तथा औषधि पनि वितरण गर्दै आएको छ । त्यस्तै महानगरलाई ‘प्रोटेक्टिभ जमसुट’ वितरण गरेको क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले जानकारी दिए ।
क्रिएसन नेपालले उपत्यकाका अन्य स्थानीय तहहरुमा पनि यस किसीमको सुरक्षात्मक उपकरण तथा राहत वितरण गर्दै आएको छ ।