Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

सूचना प्रविधि व्यवस्थापन गर्न सबै बीमा कम्पनीलाई समितिको निर्देशन

सूचना प्रविधि व्यवस्थापन गर्न सबै बीमा कम्पनीलाई समितिको निर्देशन

काठमाडौं, २० जेठ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुलाई बीमकको सूचना प्रविधि व्यवस्थापना गर्न निर्देशन दिएको छ । समितिले आज परिपत्र जारी गर्दै गत फागुन १४ गते जारी ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६’ को अधिनमा रहि बीमकको सूचना प्रविधि व्यवस्थापन गर्न निर्देशन दिएको हो।

त्यस्तै उक्त मार्गदर्शनको अधिनमा रहि परिपत्रको पालना असार मसान्त भित्र गरिसक्नु पर्ने समितिले जनाएको छ ।

जारी परिपत्रका अनुसार बीमा कम्पनीहरुले मार्गदर्शनको दफा ४ मा उल्लेख भए बमोजिम बीमकको डेटा सेन्टर स्थापना सम्बन्धी कार्ययोजना तयार गरी समितिमा पेश गर्नुका साथै उक्त मार्गदर्शनको दफा १५ मा उल्लेख भए बमोजिम साइबर सुरक्षा सम्बन्धी कार्ययोजना तयार गरी समितिमा पेश गर्नुपर्ने छ ।

त्यसैगरी मार्गदर्शनको दफा ११ मा उल्लेख भए बमोजिम रियल टाइम स्थापना सम्बन्धी कार्ययोजना पनि तयार गरी समितिमा पेश गर्न निर्देशन दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *