विकासलाई छेकेन लकडाउनले, सडक मर्मतदेखि खानेपानी जडानसम्म गरे युवाले
सिन्धुपाल्चोक, २१ जेठ । अहिले मुलुक लकडाउनमा छ । कलडाउनकै समयमा पनि सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा-११ का युवाहरुले पनि ग्रामिण सडकको ग्राभेल र खानेपानी मर्मत गरेका छ्न । पढाई र रोजगारीका लागि गाउँभन्दा बहिर बस्ने गरेका ती युवाहरुले लकडाउँनको समयमलाई उपयोग गर्दै इन्द्रावती फाट जाने मुल सडक अनि काभ्रे र काठमाडौं जान सकिने सडक मर्मत गरेका हुन् । यो सडकमा ठुला खाल्डा परेकोले गर्दा ठुलो सवारीसाधन गुडाउन असजिलो हुँदै आएको थियो । उनीहरुले ती खाल्डा पुर्ने र ग्रावेल गर्ने काम गरेका छन् ।
इन्द्रावती बगरमा आधा दर्जन क्रसर भएकाले निर्माण सामाग्री लिएर जिल्लाका विभिन्न ठाउँ जान सवारी साधनले तेहि बाटो प्रयोग गर्दै आइरहेका छ्न । वडाबाट २ लाखको बजेट रहेको न्यौपानेटार(बेसि सडक योजना स्थानीय युवाहरू आफैले सम्पन्न गरेका हुन्।
साथै जिल्लाको तल्लो भागमा खाने पानीको समस्या रहदै आएकोमा त्यो गाउँमा पनि तिनै युवाहरूले मिलेर निर्माणाधिन खाने पानी योजना पूरा गरि घर घरमा धारो वितरण गरेका छन । इन्द्रावती फाटमा बोरिङ गाडी सिधा ५०० मिटर माथि जङ्गलमा ट्याङ्की बनाइएको छ । यो सम्पुर्ण कामको निरीक्षण ईन्द्रावती गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष मनोज माझी आफैले गरेका थिए।