सुन प्रतितोला ८७ हजार ७ सय पुग्यो
काठमाडौं, जेठ २८ । स्थानीय बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँ बढेको छ । हिजो प्रतितोला ८७ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज एकै दिन तोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँ र छापावालाको प्रतितोला ७५ हजार ९ सय ६० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै आज चाँदीको मूल भने प्रतितोला ९ सय ३५ रुपैयाँ छ । हिजोको तुलनामा चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ।