Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल क्लियरिङ हाउसद्वारा करीब ३ करोड रुपैयाँ सहयोग

काठमाडौं, २८ जेठ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विद्यमान कोरोना महामारीको विषम् परिस्थितिमा करीब रू. ३ करोड रूपैयाँ सहयोग गरेको छ । नेपाल सरकार, बैंकिङ क्षेत्र र सर्वसाधारणलाई सहयोग पु¥याउने उद्देश्यअनुरूप रू. २ करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग गरेको बताइएको छ ।

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर तथा आप्mनो प्ल्याटफर्ममार्फत क्राउड फन्डिङ गरी उक्त रकम बराबरको सहयोग गरेको बताएको छ । मंगलवार प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार एनसीएचएलल कोरोना नियन्त्रण तथा उपचार कोषमा पनि प्रत्यक्ष अनुदानमार्फत सहयोग पु¥याएको बताएको छ ।

कोभिड–१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस, एनपीआई र कनेक्ट आरटीजीएस सेवाको सम्पूर्ण शुल्क मिनाहा गरेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले रू. २३ करोड ४ लाख ९ हजार २४३ भन्दा बढीको प्रत्यक्ष योगदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कनेक्ट आईपीएस प्रणालीमा ‘डोनेट फर कज’ का रूपमा समावेश गरी संकलन भएको रू. ४० लाख १९ हजार ४४८ ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोष’का लागि सहयोग गरेको बताएको छ । एनसीएचएलले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कोरोना उपचार कोषमा रू. १७ लाख सहयोग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x