Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदूरपश्चिम सरकारले ३३ अर्बको बजेट ल्याउँदै, कृषि र स्वास्थ्य प्राथमिकतामा

सुदूरपश्चिम सरकारले ३३ अर्बको बजेट ल्याउँदै, कृषि र स्वास्थ्य प्राथमिकतामा

विवेक नागरी
धनगढी, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । सरकारको आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि सोमबार प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुने भएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेट प्रस्तुत गर्ने तयारी पूरा भएको छ । वित्तीय समानीकरण, सशर्त विशेष र समपूरक समेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए ।
सोमबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गर्ने अनुमान गरिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा जोड दिएको छ । कोरोनाका कारण रोजगारी तथा आयश्रोत गुमाएका प्रदेशवासीलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम अगाडि सारिएको छ । चालु आव २०७६÷७७ का लागि प्रदेश सरकाले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x