Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लकडाउन खुकुलो भएसँगै दुग्ध खपत ५० प्रतिशतसम्म पुग्यो

लकडाउन खुकुलो भएसँगै दुग्ध खपत ५० प्रतिशतसम्म पुग्यो

काठमाडौं, १ असार । लकडाउन खुकुलो भएसँगै दूधको खपत बढ्न थालेको छ । लकडाउनका बेला खपत घटेर २० प्रतिशत सम्म आएकोमा पछिल्ला दिनहरूमा बढ्दै गएर ४०–५० प्रतिशतसम्म पुगेको दुग्ध उद्योग एवं व्यवसायीले बताएका छन् । तर यसले समग्र उद्योगको खपतमा भने ठूलो प्रभाव नपारेको व्यवसायीको भनाइ छ ।
खपत बढ्न थाले पनि आफूसँग रहेको ठूलो परिमाणको धूलो दूधको स्टक रहेको दुग्ध उद्योगहरूले बताएका छन् । कोरोना संक्रमणको प्रकोपका कारण खपत घटेपछि दुग्ध उद्योगीले आपूmसाँग भएकोे धूलो दूध देशबाहिर निर्यात गरेर भए पनि व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई आग्रह गरेका थिए । तर अन्तरराष्ट्रिय बजारमा समेत दुग्ध पदार्थको मूल्य घटेको र नेपालमा बढी भएकाले निर्यात गर्दा ठूलो घाटा बेहोर्नुपर्ने अवस्था रहेको पशुसेवा विभागले बताएको छ ।
हाल निजी तथा सरकारी क्षेत्रका दुग्ध उद्योगहरूसँग करीब ३५ सय टन अर्थात् २ अर्ब १० करोड रकम बराबरको धूलो दूध स्टक रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले बताएको छ । अहिले यूरोपेली मुलुकहरूमा समेत कोरोनाको प्रभावले गर्दा धूलो दूधको उत्पादन बढेको छ र उनीहरूले सस्तो मूल्यमा विक्री गरिरहेकाले यस्तो बेलामा नेपालकोे दुग्ध पदार्थ अन्तरराष्ट्रिय बजारमा विक्री हुन मुश्किल रहेको बोर्डको भनाइ छ ।
फागुनदेखि साउनको अवधिमा दूधको उत्पादन घट्ने र माग बढ्ने हुँदा यो समयमा व्यवसायीले आफूसँग भएको स्टक रित्याउँछन् । यद्यपि अहिले खपत घट्दा झोल दूध नै विक्री भएको छैन । लकडाउन खुकुलो हुँदा पनि शतप्रतिशत दूध विक्री नहुँदा स्टक बढिरहेको छ र यसले गर्दा भदौपछि किसानको दूध किन्न नसक्ने अवस्था आउने चिन्ता व्यवसायीको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x