Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआरएनएका उपाध्यक्ष लामा र नेविप्राका प्रबन्ध निर्देशक घिसिङबीच भेटवार्ता

एनआरएनएका उपाध्यक्ष लामा र नेविप्राका प्रबन्ध निर्देशक घिसिङबीच भेटवार्ता

काठमाडौं, २ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष सोनाम लामा र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच मंगलवार भेटवार्ता भएको छ । गैरआवासीय नेपालीहरूको सहयोगबाट गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक, गुप्सीपाखामा नमूना बस्तीको निर्माण अन्तिम अवस्थामा पुगेको र यसलाई आवश्यक विद्युत्को आपूर्ति राष्ट्रिय प्रसारण लाइनबाट द्रुत गतिमा गरिदिन संघका उपाध्यक्ष तथा परियोजना संयोजक लामाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रबन्ध निर्देशक घिसिङसँग भेटवार्ता गरेको हो ।
सो अवसरमा उपाध्यक्ष लामाले लाप्राकमा नमूना बस्तीका ५७३ घरहरूकै लागि निःशुल्क मिटर जडान गरी बस्तीभित्र भूमिगत रूपमा विद्युत् वितरण गरी दिन अनुरोध गरेका थिए । साथै यसका लागि लाभग्राही आवश्यक जनश्रमदान गर्न तयार रहेको अवगत उनले गराए ।
प्रबन्ध निर्देशक घिसिङले आगामी तीन महिना भित्र राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट लाप्राकमा विद्युत् आपूर्ति गरिसक्ने, तर भूमिगत गर्दा खर्च दश गुणा बढी लागत लाग्ने भएकोले त्यसो नगरी बस्तीभित्र नांगो तारको सट्टा इन्सुलेटर भएको तार प्रयोग गरी व्यवस्थित रूपमा विद्युत् वितरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ५७३ घरधुरीहरुलाई निःशुल्क मिटर उपलब्ध गराउँदा खर्च १ करोड भन्दा माथि लाग्ने भए तापनि यो एक राष्ट्रिय गौरवको आयोजना भएकोले प्राधिकरण त्यसका लागि तयार रहेको र यो कार्य अघि बढाउन धार्चे गाउँपालिकालाई प्राधिकरणको गोरखा जिल्ला कार्यालयमा निवेदन दिन समेत उनले सुझाव दिए ।
सो अवसरमा संघका तर्फबाट राष्ट्रिय समन्वय परिषद बराईनका पूर्व अध्यक्ष तथा परियोजना निर्माण कार्यदलका कार्यकाल २०१५–१७ का सदस्य श्याम तामाङ्ग तथा सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x