Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चक्रपथ सुधार आयोजनाको काम तीब्र, आउँदो जुलाई भित्रै सक्ने आयोजनाको दाबी

चक्रपथ सुधार आयोजनाको काम तीब्र, आउँदो जुलाई भित्रै सक्ने आयोजनाको दाबी

युवराज पन्त
काठमाडौं, २४ माघ । चीन सरकारको अनुदानमा सुरु भएको काठमाडौं उपत्यकाको निर्माणधिन चक्रपथ सुधार आयोजनाको कामले तीब्रता पाएको छ । निर्धारित समयभित्रै सम्पन्न गर्ने गरि काम भइरहेको चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डको करिब ७० प्रतिशत काम सकिएको छ । सन् २०१३ देखि सुरु भएको यस आयोजनाको काम आउँदो जुलाई ३१ मा सम्पन्न गर्ने गरि चीनको साङघाई कन्ट्रक्सन ग्रुपलाई जिम्मा दिएको छ । आयोजना अन्तर्गत हालसम्म ४ ठाँउमा ८ वटा पक्की पुल निर्माण भइसकेको छ । त्यस्तै अधिकांश स्थानको आकाशे पुलको फाउन्डेसनको काम पनि सक्नुका साथै सडक विस्तार लगायतका अन्य कामहरु पनि तीब्र रुपमा भइरहेको आयोजनाका प्रमुख इन्जिनियर निरञ्जन शर्माले जानकारी दिए ।

१०.३९ किलोमिटर सडक ६२ मिटर चौडाई, १५ मिटर मेनलाईन, ६÷६ मिटर पहुँचमार्ग ७.५ मिटर दाँयावाँया ट्रयाक सर्भिस पर्खाल सहित आठ लेनको बन्दै छ । अझैपनि कलंकी, ग्वार्को, सातदोवाटो लगायतका क्षेत्रमा घरटहरा नहटाईएको , पाइप लाईन, विजुली पोल, तार नहटाएका कारण असहज भएको उनले बताए । यसका लागि सडक विभाग र चक्रपथ सुधार योजनाले समन्वयकारी भूमिका निर्वाह गरि काम गरिरहेको पनि शर्माले जानकारी दिए । यस आयोजनाका लागि चीन सरकारको ४ अर्ब ९९ करोड २० लाख रुपैयां अनुदान प्रदान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x