सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, २४ माघ । बुद्यबार सेयर बजामा दोहोरो अंकले गिरावट आएको छ । बुद्यबार बजार १२.०१ अंकले घटेर १३८२.०२ बिन्दुमा बन्द भएको छ ।

त्यसदिन व्यापार र फाइनान्स समूहको परिसूचक उकालो लागेपनि बाँकी अन्य सबै समूहको परिसूचक ओरालो लागे । व्यापार समूहको परिसूचक ३.२ र फाइनान्स समूहको परिसूचक ४.३३ अंकले बढेको छ । त्यस्तै इन्स्योरेन्स समूहका परिसूचक सबैभन्दा बढी ८३.०५ अंकले घटेको छ । त्यस्तै होटल समूह १८.१३, उत्पादन तथा प्रशोधन समूह १६.२९ अंकले घटेको छ । त्यसदिन एक सय ५२ कम्पनीको २६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *