Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लकडाउन भरीको पुरै भाडा छुट दिन महासंघको माग

लकडाउन भरीको पुरै भाडा छुट दिन महासंघको माग

काठमाडौं, १३ असार । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पुरै भाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा पुरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प एको भन्दै महासंले शुक्रबार प्रेस विज्ञप्ति निकालेर लकडाउन अवधिभरको पुरै भाडा मिनाहा गर्न माग गरेको हो ।

महासंले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको जनाएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समय लकडाउन भएको र लकडाउन केहि सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्न समेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छौं ।’

अहिले आम व्यवसायीहरुका लागि कोठा भाडा मूख्य चुनौतीको रुपमा देखा परेको भन्दै महासंघले केहि दिनकोमात्रै नभई लकडाउन अवधिभर पुरै घरभाडा मिनाहा गर्नु पर्ने बताएको छ । यसका लागि स्थानीय सरकारलाई सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x