Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आजबाट ‘रिमोट एक्सेस’सहित सेयर कारोबार

काठमाडौं, १५ असार । आजदेखि रिमोट एक्सेस सहित सेयर बजारमा कारोबार खुला हुने भएको छ । रिमोट एक्सेस भनेको घरबाटै कारोबार गर्न सकिने सुविधा हो । लगानीकर्ताले हालसम्म गरिएका व्यवस्था बमोजिम घरैबाट नै कारोबार गर्न सक्ने व्यवस्था गरिएको हुँदा ब्रोकरसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोबार गर्न प्रोत्साहित गरिएको धितोपत्र बोर्डले जनाएको छ।
सेयर बजार खुलाउने सबै तयारी भएको भनिएकोमा गत साता धितोपत्र बोर्डले अचानक बजार केही समय बन्द राख्न निर्देशन दिएको थियो । नेपालको एकमात्र धितोपत्र कारोबार हुने निकाय नेप्से चैत १० मा सुरुमा एकसाताका लागि बन्द भएपनि त्यसपछि बीचमा एक दिन मात्र कारोबार भएको थियो । लकडाउनपछि वैशाख ३० मा दुई घण्टाका लागि खुलेको नेप्से एकै दिन ह्वात्तै घटेपछि धितोपत्र बोर्डले बजार बन्द राखेको थियो ।
बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ।
लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डको भनाइ छ। बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड–१९ सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्नेछ।
यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारबाही गरिने बोर्डले चेतावनी दिएको छ। यस्तै अर्को व्यवस्था नहुँदासम्म ब्रोकर लगानीकर्ताका लागि भिडभाड हुने श्रव्यदृश्य कक्षसमेत सञ्चालन गर्न पाउने छैनन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x