Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

बीमा समितिले पुनः थप्यो बीमाशुल्क तिर्ने म्याद

बीमा समितिले पुनः थप्यो बीमाशुल्क तिर्ने म्याद

काठमाडौं, १६ असार। बीमा समितिले लकडाउनको अवधिमा तिर्न बाँकी रहेको जीवन बीमाशुल्क बुझाउने म्याद एक हप्ता थप गरेको छ । यसअघि समितिले असार १५ गतेभित्र बाँकी बीमाशुल्क तिर्ने म्याद दिएको थियो । सोमवार पहिलाको म्याद सकिएको र कोरोनाको त्रास पनि सामान्य नभएकाले पुनः म्याद थप गरिएको हो ।
नयाँ म्यादअनुसार बीमितहरूले अब आगामी असार २२ गतेसम्म विनाब्याज बीमाशुल्क तिर्न सक्ने समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका छन् । असार २२ गतेपछि भने तोकिएको मात्रामा ब्याज लाग्ने समितिले बताएको छ ।
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतदेखि लकडाउन लागू गरेयता समितिले पटकपटक परिपत्र जारी गर्दै बीमाशुल्क तिर्ने म्याद थप गर्दै आएको छ । यद्यपि, अहिले लकडाउन खुकुलो बनाएकाले लामो समयको म्याद भने थप नगरिएको समितिको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *