Shangrila

मुलुकको वैदेशिक व्यापारमा १४ प्रतिशत कमी

काठमाडौं, १६ असार । कोरोना महामारी र लकडाउनले मुलुकको वैदेशिक व्यापारमा प्रत्यक्ष असर पारेको छ । नेपालका दुई ठूला व्यापार साझेदार भारत र चीनतर्फ आयात निर्यात प्रभावित हुँदा चालू आवको जेठसम्ममा वैदेशिक व्यापारमा १४ प्रतिशत कमी आएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकले गत आवको तुलनामा चालू आवमा नेपालको कुल वैदेशिक व्यापार घटेको देखाएको हो । जेठ मसान्तसम्ममा नेपालमा कुल ११ खर्ब ८१ खर्ब बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा १२ खर्ब ९९ अर्ब ८० करोडको आयात भएको थियो ।
यस्तै चालू आवको प्रथम ११ महीनामा नेपालबाट ८८ अर्ब बराबरको वस्तु निर्यात भएको छ । गत आवको यसै अवधिमा ८७ अर्ब ८३ करोड बराबरको निर्यात भएको थियो । समीक्षा अवधिमा मुलुकको कुल व्यापारमा निर्यात गत आवको तुलनामा १ दशमलव ७ प्रतिशत बढेको छ । गत आवमा कुल व्यापारमा निर्यातको हिस्सा ६ दशमलव ३३ प्रतिशत रहेकोमा चालू आवमा ७ दशमलव ४ प्रतिशत पुगेको विभागको तथ्यांकले देखाएको छ ।
चैतदेखि जेठ (३ महीना)सम्ममा १ खर्ब ७६ अर्ब ५७ करोड बराबरको वस्तु आयात र १३ अर्ब ९ करोड रुपैया बराबरको वस्तु निर्यात भएको छ । विभागको तथ्यांक अनुसार भारतसँगको आयात घटे पनि निर्यात व्यापारमा झिनो सुधार आएको छ भने चीनतर्फको व्यापार पूरै प्रभावित भएको छ । नेपालबाट भारततर्फ ६२ अर्ब ९५ करोड रुपैयाँबराबरको निर्यात भएको छ । गत आवको जेठ मसान्तसम्म भारततर्फ ५६ करोड ५९ लाखको निर्यात भएको थियो । यस्तै चीनबाट हुने आयात ९ प्रतिशत र त्यसतर्फको निर्यात ४२ प्रतिशत घटेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *